सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो
शुभ नारायण यादव-
सप्तरी , मंसिर २१ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलवार कुटाकुट भएको छ ।
कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको बताइएको छ ।
दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेको बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मिनटमै मुकामुकी नै हुन थाल्यो’ उनले भने–‘पछि हामीले थाहा पायौं की अध्यक्ष ज्यूको दुई वटा दाँत नै भाचिएको छ ।’
उपाध्यक्ष मण्डलले गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग गर्दा कुर्सी उठाएको स्वीकार गरिन् ।
Sponsored
‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाएँ’ उनले भनिन्–‘तर मलाई थाहा थएन उहाँको दाँत भाचियो भनेर ।’
यता सो घटनाको सम्बन्धमा अध्यक्षलाई वुझ्न खोज्दा फोन उठेन् । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष घम्साघम्सी भएको आइरहेको बताए ।
‘घटनापछि उहाँहरु आ–आफ्नो घरतिर लाग्यो भन्ने कुरा जानकारी आयो ।’ उनले भने ‘ यद्यपी, प्रहरीमा कुरा जानकारी नभएको बताएका छन् ।