मओवादी केन्द्रको बटेश्वर गाउँपालिका अध्यक्षमा पदम लामा चयन
टुडेपाटी-
जनकपुरधाम, मंसिर २१ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा नेकपमा माओवादी केन्द्रको अध्यक्षमा पदम लामा चयन भएका छन् ।
माओवादी केन्द्रको सम्पन्न गाउँपालिका अधिवेशनबाट लामाको अध्यक्षतामा ६१ सदस्य गाउँपालिका कमिटी सर्वसहमतिले गठन भएको हो ।
समितिको उपाध्यक्षमा प्रगास साह, गमबहादुर सुनुवार र दुलारी देवी सिंह चयन भएका छन् ।
यस्तै सचिवमा अमित श्रेष्ठ, सहसचिवमा ध्रुव आले र कोषाध्यक्षमा सरिता देवी महतो लगायतको ६१ सदस्य गाउँकमिटी गठन भएको माओवादीका स्थानीय नेता कुशेश्वर महतोले जानकारी दिए ।
Sponsored