कोरोना भाइरसको नयाँ संक्रमित बिरामी फेला परेको छैन : स्वास्थ्य मन्त्रालय
टुडेपाटी-
काठमाडौं, चैत २१ गते ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को थप नयाँ संक्रमित बिरामी फेला नपरेको छन् ।
शुक्रबार मन्त्रालयमा भएको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारपछि थप नयाँ कोरोना पोजेटिभ नदेखिएको प्रस्ट पारेका हुन् ।
मन्त्रलयले अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्योगशालामा अहिलेसम्म १२६६ को परीक्षण गरिएको बताइएको छ। पछिल्लो समय दैखिक १०० को हाराहारीमा परीक्षण हुँदै आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
त्यस्तै प्रदेशतर्फ धरानको बीपीस् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिठान, हेटौँडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि परीक्षण सुरु भएको उनले बताए ।
उनले शुक्रबार धरानमा ३९, जनकपुरमा ५, हेटौँडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमूना परीक्षण गरिएको उनले बताए ।
Sponsored