कक्षा १२ पास विद्यार्थीले अब आफूले पढेकै विद्यालयबाट प्रमाणपत्र पाउने
टुडेपाटी-
जनकपुरधाम, मंसिर २१ गते ।
अब कक्षा १२ पास भएका विद्यार्थीले आफ्नै विद्यालयबाट प्रमाणपत्र लिन पाउने भएका छन् ।
भर्खरै कक्षा १२ पास भएका विद्यार्थीले आफू पढेकै विद्यालयबाट मार्कसिट लगायतको प्रमाणपत्र पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसअघि कक्षा १२ उतीर्ण विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो।
कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बोर्डमा भिडभाड हुन नदिन यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।
Sponsored
बोर्डले यही मंसिर १७ गते कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो।
गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए ।