जनकपुरका जनप्रतिनिधिले नै जलाए मेयर लालकिशोर साहको पुत्ला
टुडेपाटी-
जनकपुरधाम, मंसिर २० गते ।
जनकपुरका केहि जनप्रतिनिधिले मेयर लालकिशोर साहको पुत्ला जलाएका छन् ।
सीतारा विवाहपञ्चमीको पूर्व सन्ध्यामा पनि नगर भित्रको फोहोर नउठेको भन्दै असन्तुष्ट वडाध्यक्ष लगायत जनप्रतिनिधिले मेयर साहको पुत्ला जलाएका हुन् ।
परिक्रमा मार्ग नै सरसफाइ नभएको र श्रद्धालु भक्तजनलाई कठिनाइ हुने जानकारी सम्बन्धित निकायलाई गराइसके पनि मेयर साहले बेवास्ता गरेकोले विरोधस्वरुप उनको पुत्ला दहन गरिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।
एक महिनापूर्व नै नगरप्रमुख साहलाई जानकारी गराउँदा समेत फोहोर नहटाएकाले बाध्य भएर पुत्लादहन गरेको वडाध्यक्ष साहले बताए ।
उनले वडा नम्बर ४ र ७ मा एक महिनादेखि फोहोर उठाउनका लागि मेयर साहले गाडी नपठाएको गुनासोसमेत सुनाए ।
Sponsored
विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरको पहलमा नगरप्रमुख साहले सरसफाइ अभियान चलाए पनि अहिले पनि नगरका विभिन्न ठाउँमा फोहोरको डंगुर थुपारिएको छ ।