TodayPati

विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लीलामा यसरी भयो राम र सीताको भेट (फोटो फिचर)

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।

रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज (शनिबार) फूलबारी लीला मनाइएको छ ।

भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई सजाइ जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्रांगणको फूलबारीमा घुमाइ सीतासंग भेटघाट गराइन्छ ।

Sponsored

त्रेता युगमा भगवान राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमै फूल सखीसहेलीसंग गएकी सीताको पहिलो भेट भएको रामायणमा उल्लेख छ ।

सोहि अनुसार विवाहपञ्चमी महोत्सवको दोश्रो ििदन बालबलिकालाई राम, लक्ष्मण र सीताको प्रतिक बनाइ फूलबारीमा घुमाउने र भेटघाट गराउने गरिन्छ ।

Sponsored

यसअघि सात दिवसीय सो महोत्सवको पहिलो दिन हिजो (शुक्रबार) एकजोड बलबालिकालाई राम र लक्ष्मणको प्रतिक बनाइ नगरदर्शन गराइएको थियो ।

मंसिर २३ गतेसम्म चल्ने विवाहपञ्चमी महोत्सवको तेश्रो दिन भोलि (आइतबार) मंसिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र विवाह तथा २३ गते रामकलेवा हुनेछ ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *