TodayPati

अपहरण गरेर प्रमाणपत्र वितरण गरेको भन्दै महोत्तरी ३का मतदान अधिकृतद्वारा राजिनामा

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ ।

नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३का मतदान अधिकृतले राजिनामा दिएका छन् । मतदान अधिकृत धीरेन्द्र मण्डलले आफुलाई अपहरण गरेर अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

गत मंसिर १५ गते सहमतिमार्फत क्षेत्रीय अधिवेशन गर्ने सहमित भएपनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३को क्षेत्रीय अधिवेशन अन्तर्गत बन्द सत्र स्थगित गरिएको थियो । बन्द सत्रको क्रममा होहल्ला भएपछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले जनाएका छन् ।

Sponsored

मण्डलले एक विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ एक समूहले जनकपुरधाम वडा नम्बर ८ घरबाट अपहरण गरेर आफूखुशी अवैधानीक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका छन् ।

त्यहाँ आफूले क्षेत्रीय अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएको मण्डलले जनाएका हुन् ।

महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भईसकेको छ ।

Sponsored

क्षेत्र नम्बर १ मा महेश झा, क्षेत्र नम्बर २ मा राजकरण साह र क्षेत्र नम्बर ४ मा उत्तिम यादव सर्वसम्मत चयन भईसकेका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३को अधिवेशनको क्रममा गत बुधबार झडपसमेत भएको थियो ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि र बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट मनोज झा, राघवेन्द्र झा र रामु यादव सभापतिका आकांक्षी छन् ।

मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने राघवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *