TodayPati

मन्त्रालयबाट गाडी नपाएको प्रदेश २ की राज्यमन्त्री कर्णको गुनासो- ‘मन्त्री र मुख्यमन्त्रीले सुनेन्’

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।

प्रदेश नम्बर २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले आफूले मन्त्रालयबाट गाडी नपाएको गुनासो गरेकी छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कर्णले प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चामन्त्री भरत साह र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जानकारी गराउँदा पनि आफ्नो समस्याको सुनुवाई नभएको गुनासो गरेकी हुन्।

Sponsored

गएको २ साउनमा राज्यमन्त्री नियुक्त कर्णलाई मन्त्रालयले ज।१ झ ४४३ नम्बरको गाडी दिएको थियो। त्यो गाडी बिग्रिएपछि आफूले मन्त्री साहसँग अर्को गाडी मागेको तर नपाएपछि यही मंसिर १३ गतेदेखि सार्वजनिक गाडी प्रयोग गर्न बाध्य भएको कर्णको भनाइ छ।

राज्यमन्त्री कर्ण चढ्दै आएको गाडी गत सोमबार जनकपुरबाट सप्तरी जाने क्रममा ढल्केवरमा ब्रेकफेल भएर दुर्घटना भएको थियो। त्यसक्रममा उनी सामान्य घाइते समेत भएकी थिइन्। गाडी विग्रिएकाले मन्त्रालयमा गाडी माग गर्दा संचारमन्त्री साहको ठाँडो निर्देशनमा गाडी उपलब्ध नगराउँदा आफू समस्या परेको मन्त्री कर्णले प्रेस–विज्ञप्ति जारी गरी जानकारी गराएकी छिन्।

गाडीको ब्रेक फेल भई आफू दुर्घटनाबाट झण्डै बाँचेको तथा सञ्चार मन्त्रालयमा ८ वटा गाडी हुँदा समेत नपठाएको जानकारी मुख्यमन्त्री लालबाबु राउतलाई गराउन खोज्दा फोन नउठाएको मन्त्री कर्णद्वारा जारी प्रेस–विज्ञप्तिमा उल्लेख छ।

Sponsored

‘मन्त्रालयबाट गाडी उपलब्ध नगराएपछि सार्वजनिक गाडी चढेर काठमाडौँ जान बाध्य भएको तथा प्रदेश झर्दा समेत सार्वजनिक सवारी प्रयोग गर्दै आएको बेहोरा जानकारी गराउन चाहन्छु,’ राज्यमन्त्री कर्णद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आम जनसमुदायमा र प्रदेश सरकारप्रति पर्ने असरमा आफू आत्मआलोचित नहुने पनि जानकारी गराउन चाहन्छु।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *