TodayPati

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।

रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।

सात दिवसीय सो महोत्सवको पहिलो दिन हिजो (शुक्रबार) नगरदर्शन भएपछि दोस्रो दिन आज (शनिबार) फूलबारी लीला मनाइँदै छ ।

Sponsored

फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइन्छ ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।

सोहि अनुसार विवाहपञ्चमी महोत्सवमा दोश्रो दिन फूलबारी लिलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ ।

Sponsored

मंसिर १७ गते (शुक्रबार)देखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ ।

तेश्रो दिन मंसिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र विवाह तथा २३ गते रामकलेवा हुनेछ ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *