TodayPati

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण सुरु, दैनिक १० जनाको परीक्षण

टुडेपाटी –
जनकपुरधाम, चैत २१ गते ।

प्रदेश २ मा कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप गरिएको नमुना परीक्षण प्रयोगशाला शुक्रबार बिहान संचालनमा आएपछि परीक्षण सुरु गरिएको हो ।

प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेपपछि प्रयोशला संचालनमा आएको हो । उक्त ल्याबको निरीक्षण गर्दै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको बताए ।
उनले सप्तरीको राजविराज तथा पर्साको वीरगञ्जमा चाँडै कोरोना भाईरस परीक्षण ल्याब पनि स्थापन गर्न प्रक्रिया अघि बढिसकेको बताए ।
कोरोना भाइरस विरुद्धको लडाइमा संलग्न सवास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ काम गर्न मन्त्री साहले आग्रह गरे ।
मन्त्री साहले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १००५, प्राविधिकको हकमा ७५५,र अन्य कर्मचारी हकमा ५०५ भता बढाइएको पनि जानकारी दिए ।
प्रादेशिक अस्पतालमा परीक्षण सुरु गरिएको प्रयोगशालमा दैनिक १० जनासम्मको स्वास्थ्य नमुना परीक्षण गर्न सकिने प्रदेश २ जनस्वस्थ्य प्रयोगशालका ल्याब टेकनिशियन निरिक्षक युगल किशोर यादवले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *