भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो, २५ सयबढी संक्रमित
टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।
नोवेल कोरोना भाइरसको संक्रमणबाट भारतमा बिहीबार १४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । यसअघि एकैदिन २३ जनाको मृत्यु भएको थियो ।
त्यस्तै बिहीबार मात्र भारतमा ५ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै संक्रमित हुनेको संख्या २ हजार ५ सय ४३ पुगेको छ ।
संक्रमितमध्ये १ सय ९१ जना भने उपचारपछि घर पनि फर्किएका छन् ।
भारतमा सबैभन्दा धेरै महराष्ट्र, केरल, दिल्ली, उत्तर प्रदेश, कर्नाटक प्रदेशहरु यसबाट प्रभावित भएका छन् ।