TodayPati

विश्वभर कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ५३ हजारको मृत्यु

टुडेपाटी-
काठमाडौं, चैत २१ गते ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ भने ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।

Sponsored

मृतकको संख्या भने इटलीमा सबैभन्दा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *