TodayPati

काँग्रेस प्रदेश २ का उपसभापतिमा उम्मेदवारी दिने प्रफुल घिमिरेको घोषणा

टुडेपाटी–
जनकपुरधाम, मंसिर १६ गते ।

नेपाली काँग्रेसका नेता प्रफुल घिमिरेले काँग्रेसको प्रदेश २ का उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी विमलेन्द्र निधिको समुहबाट उपसभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

Sponsored

२०३५ साल देखि नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिकको सुरुवात गरेका घिमिरे पछिल्लो ४३ वर्ष देखि राजनीतिमा लागेकोमा पटक पटक जेल यातना भोगेको बताए ।

उनी राराब स्ववियुमा उपसभापति, तत्कालिन जिल्ला विकासको इलाका नं. १३ संयोजक, नेपाली काँग्रेस जनकपुर नगरसमितिको सदस्य, सचिव भएका हुन् भने तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रि सदस्य भएर काम गरिसकेको बताए ।

संगठन भित्रको विकृति विसंगतिहरुलाई हटाउन र नेपाली काँग्रेसलाई समावेशिताको शिद्धान्तको आधारमा विधिविधानमा मात्र सिमित नगरेर व्यवहारीकमा लागु गराउन उम्मेदवारी दिन लागेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *