TodayPati

ओमिक्रोन भेरियन्टको जोखिम बढ्यो, विदेश भ्रमणमा नजान सरकारको आग्रह

टुडेपाटी-
जनकपुरधाम, मंसिर १५ गते ।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै सरकारले सबैलाई सचेत गराएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो एक विज्ञाप्ती जारी गर्दै ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

Sponsored

No description available.

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको डा.अधिकारीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *