TodayPati

‘लकडाउन’ खुकुलो बनाउने सरकारको निर्णय

टुडेपाटी
काठमाडौं, चैत २१ गते ।

कोरोना भाइरस संक्रमण फैलिन नदन गरेको लकडाउन सरकारले केही खुकुलो बनाउने भएको छ । बिहिवार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

Sponsored

त्यस्तै उद्योग भित्रनै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको उनले बताए ।

बैठकले अत्यावश्यक औषधी, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने भएको छ । यस्तै, बैठकले नेपाल भारत सीमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सीमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Sponsored

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले पहिलो चरणमा ११ गतेदेखि १७ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोश्रो पटक १८ गतेदेखि चैत २५ गतेसम्मलाई ८ दिनको अवधि थप गरि लकडाउन लामो बनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *