सर्लाहीमा कांग्रेसको वडाअधिवेशनमा झडप, मतदान अधिकृत र इन्सपेक्टर सहित ५ घाइते
टुडेपाटी–
जनकपुरधाम, मंसिर १३ गते ।
सर्लाहीमा नेपालली काँग्रेस वडा अधिवेशनको क्रममा झडप भएको छ । झडपमा मतदान अधिकृत सहित पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ बलरा नगरपालिका वडा नं. ८ को वडाअधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथी आक्रमण भएपछि प्रहरी संगको झडपको क्रममा ५ जना घाइते भएका हुन् ।
वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथी हातपात हुनथालेपछि रोक्ने क्रममा प्रहरीसंग झडप भएको प्रजिअ खतिवडाले जानकारी दिए ।
झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । झाको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको छ ।
आइतबार साँझ वडा अधिवेशनको क्रममा प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहमाथी हातपात हुनुका साथै उनका पिएसओले हवाई फायर गरेका थिए ।
Sponsored