कांग्रेसको प्रदेश अधिशेन मिति सर्यो
टुडेपाटी–
काठमाडौँ, मंसिर १३ गते ।
नेपाली कांग्रेसको प्रदेश अधिवेशन सरेको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेकोले तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय भएको छ ।
प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो ।
सोमबार बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो ।
प्रदेश अधिवेशन अब मंसिर १८ र १९ गते हुने भएको छ । मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म हुँदैछ ।
Sponsored