TodayPati

कोरोनाबाट विश्वमा दुई लाख बढी बिरामी निको, सात लाखमा अझै संक्रमित

टुडेपाटी-
काठमाडौं, चैत २० गते ।
महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ को संक्रमणमा परेका २ लाखभन्दा बढी बिरामी निको भएका छन् ।

बिहीबार साँझसम्म २ लाख ३ हजार ११ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

२ सयभन्दा बढी देशमा पुगेको कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ६० हजार पुगिसकेको छ । उनीहरूमध्ये ७ लाख मानिसमा यसको संक्रमण अझै बाँकी रहेको छ ।

Sponsored

कोरोनाबाट हालसम्म ४९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

नेपालमा कुल संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये ५ जनाको उपचार चलिरहेको छ भने १ जना निको भइसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *