TodayPati

वीरगञ्जमा कोरोनाका कारण १७ कैदी रिहा

वीरगञ्ज, चैत २० गते ।

कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उनले बताए । रासस

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *