सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै बन्दसत्र हल अगाडि नाराबाजी
टुडेपाटी–
सौराहा, मंसिर ११ गते ।
नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी गरिएको छ । ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ ।
महाधिवेशनमा सहभागी केही प्रतिनिधिहरुले वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको र केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने धारणा छ ।
नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।