TodayPati

नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको बीचमा रहने प्रक्षेपण

टुडेपाटी–
काठमाडौं, मंसिर १० गते ।

नेपालमा जनसंख्या वृद्धिदर अपेक्षा गरे अनुसार नहुने देखिएको छ । कृन्द्रिय तथ्यांक विभागले गरेको जनगणनामा नेपाली महिलाले औषतमा दुई सन्तान जनमाउने गरेको पाइएको छ । नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेको छ ।

तथ्यांक विभागले कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म गरेको जनगणनाअनुसार यस्तो प्रारिम्भक विश्लेषण गरिएको हो ।

Sponsored

२०६८ सालको प्रक्षेपण अनुसार २०७८ सालसम्म एक महिलाबाट औसतमा २.१ जना सन्तान जन्मनुपर्ने थियो । तर, जनगणनाबाट औसत २ जना मात्र सन्तान जन्मने गरेको देखिएको बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सन्तान उत्पादन दर प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिममा औसतभन्दा धेरै र बागमतीमा औसत भन्दा कम भएको पाइएको छ । बागमतीमा औसत एक महिलाबाट १।४ जना सन्तान जन्मिएका छन् ।

यस आधारमा नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा मात्र रहने अनुमान गरिएको श्रेष्ठले बताए । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुने छ भने पुरै नतिजा आउन दुई वर्ष लाग्ने भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *