भारतमा एकैदिन ६ सय १ जना नयाँ संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५८ पुग्यो
टुडेपाटी-
काठमाडौं, चैत २० गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ भने बुधबार मात्र ६ सय १ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या रहेको जनाएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको खोजी गर्न भारतले तीव्ररुपमा परीक्षण सुरु गरिसकेको छ । यसैकारण बुधबार यति धेरैको संख्यामा संक्रमित भेटिएका हुन् । यसको रोकथाम र नियन्त्रणका लागि भारतीय प्रधानमन्त्रीले तीन हप्ताको लकडाउन घोषणा गरेको छ ।
त्यसैगरी सबैभन्दा बढी प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ ।