TodayPati

न्यायालयमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : माधव नेपाल

टुडेपाटी–
जनकपुरधाम, मंसिर ७ ।

न्यायापालिकामा देखिएको समस्या छिट्टै समाधान हुने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । उनले न्यायपालिकामा देखिएको द्वन्दलाई छलफलबाटै समाधान गर्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष नेपालले यस समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले न्यायपाालिकाभित्र समस्यालाई समाधान गर्न आपसमा समझदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

Sponsored

अध्यक्ष नेपालले भने, ‘हामीले पनि प्रधानमन्त्रीलाई यो बिषयमा पहल गर्न आग्रह गरिसकेका छौं । न्यायापालिकाको समस्या छिटो भन्दा छिटो टुङ्गो लगाउनु आवश्यक छ । वार्ता सम्वादभन्दा ठुलो अरु केहि हुन सक्दैन ।’

अध्यक्ष नेपालले यसका लागि सम्बन्धित पक्षहरुबाट चाँडै कुराकानी हुने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *