TodayPati

खोप नलगाएका नागरिक भारत जान नपाउने

टुडेपाटी–
काठमाडौं, मंसिर ७ गते ।

कोरोना विरुद्धको खोप लगाएका नेपाली नागरिक मात्र भारत प्रवेश गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने जनाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

Sponsored

भारत र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने स्वास्थ्य सचिव डा. पोखरेलले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *