TodayPati

एचआईभीको औषधी पत्ता लगाउने वैज्ञानिक गीताको कोरोनाबाट मृत्यु

टुडेपाटी-
काठमाडौं, चैत २० गते ।
कोरोना भाइरसको संक्रमणबाट विश्वविख्यात वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । एचआईभी संक्रमितको जीवन रक्षाका लागि अनुसन्धान गरिरेहकी रामजीको मृत्युले यो क्षेत्रमा अपूरणीय क्षति पुगेको युएनएड्सले जनाएको छ ।

दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको ६४ वर्षको उमेरमा मंगलबार मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चामाध्यमले जनाएको छ । एचआईभीको औषधि/उपचार पत्ता लगाउने अभियानमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

पछिल्लो समय वैज्ञानकि रामजीले महिलालाई एचआईभीको संक्रमणबाट बचाउन तथा संक्रमितको उपचारमा पहुँच र्पुयाउन आफ्नो अनुसन्धान केन्द्रित गरेकी थिइन् ।

Sponsored

विश्वमा सबैभन्दा धेरै एचआईभी संक्रमित भएको देश दक्षिण अफ्रिका नै हो । अहिले दक्षिण अफ्रिकामा कोरोना भाइरस फैलिन नदिन ३ हप्ताको लकडाउन समेत गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *