गौर नगरपालिकामा अख्तियारको छापा
टुडेपाटी–
रौतहट, मंसिर ७ गते ।
रौतहटको गौर नगरपालिकामा अख्तियारले छापा मारेको छ ।
नगरपालिकाका योजनाहरुमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले मंगलबार छापा मारेको छ ।
आयोगको टोलीले नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो । आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।
गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।
Sponsored