प्रचण्डले मधेसलाई पटक-पटक धोका दिए : प्रभु साह
टुडेपाटी–
रौतहट, मंसिर ६ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशलाई पटक पटक धोका दिदैँ आएका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले आरोप लगाएका छन् ।
सोमबार रौतहटको विजयपुरमा आयोजित एमाले फतुवा विजयपुर प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै साहले प्रचण्डले आफु टिकिरहन सुरुदेखि अहिलेसम्म मधेसलाई धोका दिँदै आएको दाबी गरे ।
नेता साहले भने, ‘प्रचण्डले कहिले एक मधेश प्रदेश बनाउने, कहिले पाँच टुक्रा बनाउने, कहिले पहिचान सहितको एक प्रदेश बनाउने भनेर अन्तिममा कांग्रेस र एमाले दुई प्रदेश बनाउन भन्दा समेत पहाडमा जोडेर मधेसलाई एक प्रदेशमा सीमित ग¥यो ।’