TodayPati

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ४७ हजार बढीको मृत्यु

टुडेपाटी-
काठमाडौं, चैत २० गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बुधबार एकै दिन ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमणका कारण एकै दिन भएको मृत्यु हो । बुधबार एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या ९ लाख ३९ हजार ४३१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकरी दिएको छ । यो बिहीबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो ।

Sponsored

कोरोना संक्रमणबाट अमेरिकामा बुधबार एक हजार ४९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट ५१ सय २ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यहाँ बुधबार मात्रै २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकापछि बुधबार स्पेनमा धरैको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ९ सय २३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।
इटालीमा बुधबार ७ सय २७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १३ हजार १५५ जनाको मृत्यु भइसकेको छ ।
युकेमा बुधबार यसको संक्रमणबाट ५ सय ६३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म २३ सय ५२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २९ हजार नाघेको छ । फ्रान्समा बुधबार यसको संक्रमणबाट ५ सय ९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ ।

त्यसैगरी बुधबार जर्मनीमा १५६, इरानमा १३८, बेल्जियममा १२३, नेदरल्यान्डमा १३४, स्वीडेनमा ५९, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, स्वीटजरल्यान्डमा ५५, टर्कीमा ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *