महोत्तरीमा आएर राष्ट्रपति भण्डारीले भनिन् : बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ
टुडेपाटी–
जनकपुरधाम, मंसिर ६ गते ।
प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारी जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन् । उनले प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।
सोही कार्यक्रममा सहभागी भएका प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासीनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । मुख्यमन्त्री राउतले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको गुनासो गरे ।