मुख्यमन्त्री राउत संविधानलाई कागजको खोस्टा बनाए : प्रदेश सांसद मन्जु यादव
टुडेपाटी-
जनकपुरधाम, मंसिर ६ गते ।
नेकपा एकीकृत समाजवादी सरकारमा गएको भोलिपल्टै सो पार्टीकि प्रदेश सांसद मन्जु यादवले मुख्यमन्त्री लालबाबु राउत प्रति आक्रोश पोखेकी छन् ।
पार्टी नेतृत्वबाट समेत असन्तुष्ट प्रदेश सांसद यादवले एकजना महिलालाई पनि क्याबिनेट मन्त्री नबनाएको भन्दै मुख्यमन्त्री राउत प्रति आक्रोश पोखेकी हुन् ।
उनले मुख्यमन्त्री राउत संविधानलाई कागजको खोस्टा बनाएको भन्दै यो लज्जास्पद विषय भएको बताएकी छन् ।
समाजिक सञ्जाल फेसबुकमा प्रदेश सांसद यादवले लेखेकी छन् ‘ जुन संविधानकाे आधारमा लालवावु राउत जि मुख्य मन्त्री बनु भएकाे छ त्यहि संविधानलाई कागजकाे खाेसटाे वनाई दिनु भएकाे छ। बर्तमान वहाकाे क्याबिनेटमा महिला नहुनु याे लज्जाकाे पिषय हाे कि हाेईन?’
उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसहित संग यो विषयमा प्रश्न गरेकी छन् ।
Sponsored
‘याे कुरा मधेशि मसिहा उपेन्द्र यादव लगायत सवै सराेकारवाला सग मेराे प्रश्न छ’ उनले लेखेकी छन् ।