विवादको कारण धनुषामा १८ मध्ये ८ पालिकामा मात्र काँग्रेस अधिवेशन सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, मंसिर ६ गते ।
धनुषामा नेपाली काँग्रेसको १८ मध्ये ८ पालिकामा सर्वसम्मत अविधेशन सम्पन्न भएको छ । पूर्व निर्धारित पालिका अधिवेशनमा जनकपुरधाम उपमहानगरपालिका लगायत ८ वटा पालिकामा अधिवेशन सम्पन्न भएको हो ।
विवादको कारण दशवटामा अझै अधिवेशन हुन सकेको छैन । केहिमा सर्वसहमतिको प्रयास भइरहेको छ भने केहिमा निर्वाचनमा जाने टुंगो लागिसकेको काँग्रेस धनुषाका उपसभापति सन्तोष यादवले जानकरी दिए ।
उनका अनुसार जनकपुरधाम उपमहानरपालिकामा सभापतिमा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, क्षीरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, हंशपुर नगरपालिकामा जयनारायण कापडी, धनुषाधाम नगरपालिकामा चन्द्रदेव यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, लक्ष्मीनिया गाउँपालिकामा भोगे्रन्द्र मिश्र र औरही गाउँपालिक युगल सिंह निर्वाचित भएका छन् । यी पालिकाहरुमा सर्वसहमतिबाट अधिवेशन सम्पन्न भएको हो ।
मिथिला नगरपालिका, मिथिला विहारी नगरपालिका , धनौजी गाउँपालिका र बटेश्वर गाउँपालिकामा सर्वसहमतिको माध्यमबाट अधिवेशन प्रयास जारी रहेको सचिव यादवको भनाइ छ ।
यस्तै सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, सहिद नगरपालिका र जनकनन्दनी गाउँपालिकामा सर्वसहमतिबाट अधिवेशन नभएपछि निर्वाचनमा जाने टुंगो लागिसकेको उनले बताए । आज वा भोलिसम्ममा बाँकी सबै पालिकामा सर्वसहमति वा निर्वाचनबाट अधिवेशन सम्पन्न गर्ने उनको भनाइ छ ।
Sponsored
विवादित कतिपय पालिकामा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ट नेता रामचन्द्र पौडेल र पार्टी सभापतिको लागि तयारी गरिरहेका देउवा खेमाकै उपभासपति निधिका पक्षधर बीच विवाद रहेको जनाइएको छ । कतिपय स्थानमा स्थानमा भोलिको स्थानीय तहको निर्वाचनमा आफ्नो भूमिकाको लागि विवाद रहेको बुझिएको छ ।