TodayPati

प्रदेश २ सरकारमा दुई मन्त्रालयसहित एकीकृत समाजवादी सहभागी, मन्त्रीद्वय सत्रुधन र प्रमोदले लिए सपथ

टुडेपाटी-
जनकपुरधाम, मंसिर ५ गते ।

प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालय सहित सहभागी भएको छ ।

आज बिहान एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Sponsored

उद्योग वन पर्टन वातावरण मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता सत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालय मन्त्रीमा प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

दुबै नवनियुक्त मन्त्रीलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरुको सहभागीता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *