TodayPati

मनोमानी ढंगले प्रतिनिधि छनौट गरेको भन्दै रघुविर महासेठ विरुद्ध जनकपुरधाममा प्रदर्शन

टुडेपाटी–
जनकपुरधाम, मंसिर ४ गते ।

रघुविर महासेठले मनोमानी रुपले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्टि जनाउँदै जनकपुरधाममा एमालेका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । शनिवार महासेठबाट असन्तुष्ट रहेको पक्षहरुले उनी विरुद्ध प्रदर्शन गरेका छन् ।

शनिबार एमालेका प्रदेश २ का प्रमुख सचेतक किशोरी साहको अगुवाईमा जनकपुरधामको नगर प्रदर्शन गर्दै महासेठ विरुद्धमा नारावाजी सहित प्रदर्शन गरिएको छ ।

Sponsored

प्रमुख सचेतक किशोरी साहले महाधिवेशन प्रतिनिधि छनौटमा धनुषामा स्थायी समिति सदस्य रघुवीर महासेठले गुटबन्दी गरेकाले उनको विरुद्धमा बाध्यतावश उत्रिनु परेको बताए ।

उनले रघुवीर महासेठले गुटबन्दी गरेको र आसोपासे तथा नाताबाद कृपावादमा लागेको आरोप लगाउँदै उनले त्यस विरुद्ध आफुहरुले आन्दोलन गरेको बताए ।

रघुवीर महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै एक्लौटी ढंगले मनोमानी निर्णय गरेको भन्दै त्यसको विरुद्धमा नगर प्रदर्शन गरेको असन्तुष्ट पक्षहरुको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *