TodayPati

महोत्तरीमा एमाले इन्चार्जले महाधिवेशन प्रतिनिधिमा आफूखुसी नाम पठाएको आरोप

टुडेपाटी–
महोत्तरी, मंसिर ४ गते ।

महोत्तरीमा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीहरु बिचको विवाद लम्बिदै गएको छ । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लािग सकेको समय विवादकै कारण महाधिवेशन प्रतिनिधि चयन अझै निष्कर्ष पुग्न सकेको छैन ।

एमालेको एक पक्षले भने प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चारवटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नुपर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ ।

Sponsored

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफूखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरि महोत्तरीको इन्चार्ज बनेका टेकबहादुर बलाम्पाकीको निर्णयप्रति एमालेका नेताहरूले आपत्ती जनाएका छन् । उनले एउटा होटलमा बसेर ‘कोठे निर्णय’ गरेको र एमालेमा लामो समयसम्म योगदान गरेकाहरूलाई बेवास्ता गरेको बताउँदै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *