TodayPati

आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना जनकपुरबाट पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत १९ गते ।

जनकपुरमा आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् ।

कोरोना भाइरसका कारण देश नै लकडाउन भएको समयमा मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुरधमस्थित बजार अनुगमनवगर्ने क्रममा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

Sponsored

पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवन्नी बस्ने ३१ वर्षीय संजिव सहनी र जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बस्ने ३२ वर्षीय सरोजकुमार साह छन् ।

सहनीलाई जनकपुरधाम उपमहानगरपालिका-७ स्थित माछाबजारबाट माछा प्रति केजी रू. ५०० मा बेचि रहेको अवस्थामा र वाड नं. १६ कपिलेश्वरबाट आलु प्रति के.जी रू. ५५, प्याज प्रति के.जी. रु. ६० मा बेचि रहेको अवस्थामा साहलाई पक्राउ गरेको धनुषाका एसपी बस्नेतले बताए ।

पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *