TodayPati

त्रिभुवन विमानस्थलबाट दुई किलो सुन बरामद, सिरहाका एकसहित दुईजना पक्राउ

टुडेपाटी–
काठमाडौं, मंसिर ३ गते ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद गरेको छ । दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो ।

प्रहरीले सुन बरामद भएपछि दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको छ ।

Sponsored

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले सुनलाई तरल बनाएर ल्याएको देखिएको र परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेको बताए ।

उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *