TodayPati

स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ८ हजारबढीको मृत्यु

टुडेपाटी-
काठमाडौं, चैत १९ गते ।
महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट स्पेनमा संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ ।
गएको २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएसँगै स्पेनमा जम्मा संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट आठ सय ६४ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ । तर अझै महामारी नियन्त्रणमा आउने छाँट नदेखिएको हो । सरकारी अधिकारीहरुले भने अहिले स्पेनको अवस्था स्थिर बनेको र छिटै कोरोना भाइरसको महामारी कम हुँदै जाने जानकारी दिए ।

गएको मार्च महिनादेखि स्पेन पूर्ण रुपमा लकडाउन भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *