TodayPati

धनुषामा भुत मेला जाँदै गरेको ट्याक्टर दुर्घटना : २ भारतीयको ज्यान गयो, १८ घाइते

टुडेपाटी–
जनकपुरधाम, मंसिर २ गते ।

धनुषामा भुत मेला हेर्न तीर्थालु बोकेर जाँदै गरेको ट्याकटर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीका कार्तिक पूर्णिमको दिन लाग्ने भुत मेला हेर्न तीर्थालु बोकेर गइरहेको अनटेस्ट भारतीय ट्याक्टर बिहीबार अपराहन्न ५ बजे हुलाकी सडक खण्ड अन्तर्गत धिनुषाको वदेह नगरपालिका ७ बेलापट्टीमा पल्टेको हो ।

Sponsored

अर्को ट्याक्टरलाई अभरटेक गर्ने क्रममा ट्याक्टर पल्टेर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र त्रस्नेतलो टुडेपाटीलाई ानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दुई भारतीय नागरिकको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको सीतामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादव छन् ।

१८ जना घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा भइरहेको छ । उनीहरु सबै भारती नागरिक रहेको प्रहरीले जनाएको छ ।

Sponsored

घटना पश्चात चालक फरार भएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फाइल तस्वीर

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *