आइतबारबाट नियमित इजलास बस्ने तयारी
टुडेपाटी–
काठमाडौँ, मंसिर २ गते ।
आगामी आइतवार देखि सर्वोच्चमा न्यायाधीशहरु नियमित इजलासमा बस्ने भएका छन् ।
प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि इजलास बस्ने माहोल तयार भएको हो ।
नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको एक न्यायाधीशले बताए ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ ।
Sponsored