TodayPati

अदालतलाई युद्ध मैदान बनाइयो : नेपाल बार एशोसिएसन

टुडेपाटी–
काठमाडौं, मंसिर २ गते ।

सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको बताएको हो ।

बिहीबार आयोजित बारको आकस्मिक पत्रकार सम्मेलनमा उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्धमैदान बनाउन खोजिएको बताए ।

Sponsored

उनले आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको आफुहरुले भर्त्सना र निन्दा गरेको बताए ।

उनले भने, ‘अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *