गठबन्धनमा म शक्तिशाली छु : प्रचण्ड
टुडेपाटी–
जनकपुरधाम, मंसिर १ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाउने मान्छे रहेको बताएका छन् । उनले गठबन्धनमा आफु शक्तिशाली रहेको बताए ।
अध्यक्ष दाहालले गठबन्धनमा आफू शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताए। उनले चुरे दोहनमा राजनीति भएको पनि दावी गरे । उनले भने, ‘देशमा राजनीति विग्रे सबै विग्रन्छ, देशमा धेरै कुरा विग्रेको थियो अहिले आएर विस्तारै सबै ठिक हुँदैछ । चुरे दोहन गर्ने, गिट्टी बालुवा घिचेर विदेश बेच्ने निती खलनायकको थियो, केपी ओलीले । हामीले त्यसलाई रोक्यौँ ।’ अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउने उनले भने ।
बुधबार महोत्तरीमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’
प्रदेश २ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कुनै कल्याण नहुने दावी गर्दै उनले प्रदेश २ मा पार्टीलाई सबभन्दा बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
संविधान संशोधनका लागि कसैले धोकाधडी गरे फेरि सडकबाट त्यसलाई गलहत्याइने चेतावनी दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा अोलीले मधेशीका लागि संविधान संशोधन नगरेको कारण जनताले सडकबाटै हटाइएको जिकिर गरे ।
Sponsored