TodayPati

प्रदेश २ का चार मन्त्रालय सचिवविहीन

टुडेपाटी–
जनकपुरधाम, मंसिर १ ।

महिनौ देखि प्रदेश २ का चार मन्त्रालय सचिव विहिन बनेको छ । मन्त्रालयमा सचिव नहुँदा प्रदेश सरकारको काम प्रभावित हुँदै आएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयमा अहिले सचिव छैनन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री राउतसँगै रहेको वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अहिले सचिव विहिन रहेको छ ।

Sponsored

भदौमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव सरुवा भएपछि उनको स्थानमा अर्का सचिव आएका छैनन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पनि दुई महिनादेखि सचिव छैन् । मुख्यमन्त्रीसँग रहेको दुई मन्त्रालयको अहिले कार्यालय र कर्मचारीसमेत व्यवस्थापन भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३ जना सचिव हुनुपर्नेमा अहिले एक जनाको भरमा मात्र चल्दै छ ।

प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीले मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको बताए । एनले सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *