माथिदेखि तलसम्म हुने भ्रष्टाचारले अपेक्षित बिकास हुन सकेनः उपेन्द्र यादव
टुडेपाटी-
सप्तरी, मंसिर १ गते ।
पुर्व उपप्रधानमन्त्री एबम जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको लडाइँ अझै जारी रहेको बताएका छ्न ।
सप्तरीको कंचनपुरमा मंगलबार आयोजित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान एवम बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उत्पीडित जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी रहेको बताए । ‘देशमा सदियौ देखी पछाडी पारिएका जाति समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको छैन’, अध्यक्ष यादवले भने ‘विभेद र उत्पीडनमा परेको जाती समुदायको अधिकार सुनिश्चितताको लडाई निरन्तर जारी नै छ ।’
अध्यक्ष यादवले लामो संघर्ष र सहिदको वलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भईरहेको चर्चा गर्दै गणतन्त्र,संघीयता समाबेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
देशमा संघीयता, गणतन्त्र, समाबेशिता सहितको ब्यबस्था स्थापनाकामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले स्थानीय सरकार देखि साँसद र राज्यको हरेक शासन र प्रशासन सम्म मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित संघीय प्रणालीकै कारण भएको प्रष्ट पारे । अध्यक्ष यादवले अहिलेको निर्वाचन र शासकीय प्रणाली परिबर्तन गर्नुपर्नेमा जोड दिए ।
Sponsored
बर्तमन निर्वाचन तथा शासकीय प्रणालीले उत्पीडित समुदायको पुर्व रुपले प्रतिनिधित्व गराउन नसकेको भन्दै यादवले पुर्ण समाबेशी प्रतिनिधित्वका लागि जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली र शासन र प्रशासनमा सहभागीता हुनुपर्ने आबश्यकता औँलाए ।
अध्यक्ष यादवले जसपा मुलुकमा विभेद र भेदभाव परेका समुदायलाई राजनीति अधिकार सम्पन्न बनाउन संघर्षरत रहेको बताए ।
अर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार भएको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री यादवले माथिदेखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित बिकास हुन नदिएको स्पष्ट पारे । यादवले छिटै नागरिकता समस्या सामाधान हुने बताए ।
नागरिकता सम्बन्धि ऐना साँसदमा पेश भईसकेकोले चाडै साँसदबाट पास हुने बिश्वास व्यक्त गरे । पुर्व उपप्रधानमन्त्री यादवले बन्द रहेको उधोगलाई पुनः संचालनमा ल्याई स्वादेशमै रोजगारीको सिर्जना गर्न जसपा लागेको समेतको बताए ।