प्रचण्ड आउने भएपछि महोत्तरीको एक पालिकाद्वारा सार्वजनिक विदा घोषणा
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३० गते ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आउने भएपछि महोत्तरीको एक पालिकाले सार्वजनिक विदा घोषणा गरेको छ ।
महोत्तरीको रामगोपालपुरको स्वास्थ्य संस्था उद्घाटनमा आउन लागेपछि नगरपालिकाले बुधबारको लागि सार्वजनिक विदा दिएको हो ।
मेयर अशोककुमार मण्डलले प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदा घोषणा गरेका हुन् ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
Sponsored