आगामी ९ वर्षको आइसिसीको मुख्य टुर्नामेन्टको आयोजक राष्ट्रको नाम सार्वजनिक, के भारत पाकिस्तानमा जान्छ खेलन ?
एजेन्सी
जनकपुरधाम, कार्तिक ३० गते ।
आइसिसीले २०२४ देखि २०३१ सम्मको निर्धारित ओभरमा खेलिने मुख्य टुर्नामेन्टको आयोजक देशको नाम सार्वजनिक गरेको छ । आगामी ९ वर्षमा हुने ८ वटा टुर्नामेन्टको लागि १२ वटा राष्ट्र आयोजक बन्ने छ ।
मंगलबार आइसिसीले पुरुष तर्फको सीमित ओभरको टुर्नामेन्टको लागि आयोजक राष्ट्रहरूको नाम सार्वजनिक गरेको छ ।
नामिविया, अमेरीका लगायतका केही राष्ट्र पहिलो पटक आइसिसीको मुख्य इभेन्टसको आयोजना गर्न लागेको छ ।
संयुक्त राज्य अमेरिका वेस्ट इन्डिजको साथमा जुन २०२४ मा हुने टि–२० वल्डकपको आयोजना गर्न लागेको छ ।
त्यस्तै त्यसको आठ महिनापछि, फेब्रुअरी २०२५ मा हुने च्याम्पिय ट्रफीको आयोजना पाकिस्तानले गर्ने छ । सन् १९९६ पश्चात पाकिस्तान यो पहिलो पटक ठूलो विश्वव्यापी क्रिकेट प्रतियोगिताको आयोजनक राष्ट्र बन्ने भएको छ ।
Sponsored
पाकिस्तान आयोजनक राष्ट्र भएपछि भारत खेल्न जाने अथवा नजाने सम्बन्धमा सबैको चासो गएको छ । भारत पछिल्लो कयौँ वर्षदेखि पाकिस्तानसँग कुनै सिरिज खेलेको छैन् भने पाकिस्ताननै आयोजक राष्ट्र भएपनि भारत खेल्न जाने अथवा नजानेमा धेरैको जिज्ञासा उठेको छ ।
त्यस्तै भारत र श्रीलंकाले फेब्रुअरी २०२६ मा हुने टि–२० वल्डकपको आयोजना गर्ने छ ।
अक्टोबर÷नोभेम्बर २०२७ मा हुने वल्डकपको आयोजना नामिबिया, जिम्बाब्वे र दक्षिण अफ्रिकाले गर्ने छ । दक्षिण अफ्रिका र जिम्बाब्वेले पछिल्लो पटक सन् २००३ मा प्रतियोगिता आयोजना गरेका थिए भने नामिबिया पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
अक्टोबर २०२८ मा हुने टि–२० वल्डकप अस्ट्रेलिया र न्यूजील्याण्डमा खेलिनेछ र ठिक एक वर्षपछि भारतले च्याम्पियन ट्रफीको आयोजना गर्ने छ ।
२०३० मा इङ्गल्याण्डले आयरल्याण्ड र स्कटल्याण्डसँग टि–२० विश्वकपको साँझा रुपमा आयोजना गर्नेछ । सन् १९९९ पछि यो पहिलो पटक आयरल्याण्ड र स्कटल्याण्डले ठूलो विश्व क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
अन्तिम निर्धारित कार्यक्रम, अक्टोबर/नोभेम्बर २०३१ मा, भारत र बंगलादेशमा खेलिने पुरुष क्रिकेट विश्वकप हुनेछ ।