TodayPati

‘विप्लव’को बन्दले प्रदेश २ सहित देश भरको जनजीवन प्रभावित

टुडेपाटी-
जनकपुरधाम, कर्तिक ३० गते ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण प्रदेश २ सहित देशभरको जनजीवन प्रभावित भएको छ ।

मंगलबार बिहानैदेखि जनकपुरमा लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो छोटो दुरीका गाडीहरु छिटफुट रुपमा चलेको छ । मोटरसाइकल भने अन्यदिन जस्तै चलेका छन् ।

Sponsored

बन्दको कारण व्यवसायीहरु नै नचलाएको कारण जनकपुबाट जाने आउने सवारीसाधान कम चलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले टुडेपाटीलाई जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *