हवाई भाडा बढ्यो, अब काठमाडौँ देखि जनकपुरधामको कति ?
टुडेपाटी–
काठमाडौँ, कार्तिक २८ गते ।
वायुसेवा सञ्चालकले हवाई टिकटको मुल्य बढाएको छ । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाइएको छ ।
सरकारले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पु¥याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै यो भाडादर आइतबारबाट कायम भएको छ ।
परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।
काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।
पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ ।
Sponsored
काठमाडौंबाट सुर्खेत १७५, नेपालगन्ज १६०, भद्रपुर १५०, जनकपुरधाम ६५ रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।
हेर्नुहोस, कुन रुटमा कति भाडा बढ्यो ?