TodayPati

अध्यक्ष दाहाल अस्पतालबाट डिस्चार्ज

टुडेपाटी–
काठमाडौं, कात्तिक २८ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी आज मेडिसिटी अस्पतालबाट घर फर्केका हुन् ।

विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि अध्यक्ष दाहाल स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।

Sponsored

चिकित्सकले अध्यक्ष दाहाललाई केही दिन घरमै आराम गर्न सुझाव दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए ।

उनी अस्वस्थ्य भएकै कारण महोत्तरीको कार्यक्रम स्थगित गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *