पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित प्रदर्शन
टुडेपाटी–
काठमाडौं, कार्तिक २८ गते ।
सत्तारुढ दल निकटका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
तिनीहरुलवे सिलिण्डर ग्याससहित प्रदर्शन गरेको छन् । पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।
नेपाल आयल निगमले केही दिन पहिला खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेका छन् र
Sponsored