TodayPati

बिहारमा २२ वर्षीय पत्रकारको अपहरणपछि हत्या

एजेन्सी
पटना, कात्तिक २८ गते ।

सिमावर्ती क्षेत्र भारतको विहारमा एकजना पत्रकारको अपहरण गरी हत्या गरिएको छ । विहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झा (अविनास)को शव आधा जलेको अवस्थामा फेला परेको छ । पत्रकार झा नर्सिङ होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा कलम चलाउँदै आएका थिए ।

२२ वर्षीय पत्रकार झा मधुवनीको बेनीपट्टीबाट प्रकाशित हुने समाचारपोर्टल बीएनएन न्यूज बेनीपट्टीमा काम गर्थे । उनले लगातार रूपमा नर्सिङ होम र अस्पतालमा हुने गरेको भ्रष्टाचारबारे समाचार लेख्दै आएका थिए ।

Sponsored

उनकै समाचारको प्रभावले बेनीपट्टीका चार नर्सिङ होमले केही महिना अगाडि ५०/५० हजार भारतीय रूपैयाँ जरीवाना समेत तिरेका थिए ।
झाका दाजु त्रिलोक झाका अनुसार पहिले उनले एक क्लिनिक सुरु गरेको तर स्थानीय नर्सिङ होम सञ्चालकले सताएपछि उनले क्लिनिक बन्द गरेर फर्जी नर्सिङ होमको अवैध धन्दा उजागर गर्न पछिल्लो २ वर्षयता पत्रकारिता सुरू गरेका थिए ।

९ नोभेम्बरमा अपहरणमा परेको उनको शव हत्या गरेको अवस्थामा शुक्रबार फेला परेको थियो । हत्याको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *